आमाबाबुको क्रिया गर्दै छोरी ! बदलिदै नेपाली सामाजिक परम्परा र रितिरिवाज

भाद्र ३०,२०७७

-आस्था न्युज

३० भाद्र २०७७ काठमाडौँ l  छोरीले क्रिया ! समय संगै समाज पनि परिवर्तन हुदैछ l छोरा र छोरी बिचको भेदभाव क्रमस : हट्दैछ l कर्मकाण्ड र धार्मिक क्रियाकलापमा छोरीको सहभागिता बढ्दैछ l आमाबाबुको क्रिया बस्दै गरेकी एक छोरीसँग आस्था न्युजले लिएको बिशेष अन्तर्वार्ता l

 

रक्षा केसी अहिले स्नातक दोश्रो बर्षमा पढ्दै छिन् l उनी यतिबेला  काठमाडौँको बालुवाटारमा आफ्नो बाबुको क्रियामा बसिरहेकी छिन् l परिवारकी एक्ली सन्तान उनी आफ्नो बाबुको क्रिया आफै बस्ने भन्दै धार्मिक बिधि अपनाएर छोरा सरह क्रिया गरिरहेकी छिन् l उनले यस अघि आफ्नो आमाको समेत क्रिया गरेकी थिईन l

 

आज भन्दा दुई बर्ष पहिला उनकी आमाको अचानक निधन भएको थियो l परिवारकी एक्ली सन्तान रक्षाले आफ्नो आमाको क्रिया आफै बस्ने भनेपछि बाबु र आफन्तले सहमति जनाएका थिए l त्यस समय बाबुले छोरी पनि छोरा सरह भएको भन्दै उनलाई क्रिया बस्न लगाएका थिए l अहिले उनै बाबुले समेत उनलाई छोडेर यस संसारबाट बिदा लिएका छन् l

 

छोरा नभई बैतरणी तर्न सकिन्न र स्वर्ग पुगिन्न भन्ने हाम्रो समाजमा रक्षा केसीको कार्य सामान्य पक्कै होईन l छोराको लागि कयौ निर्दोष छोरीको भ्रुण हत्या गर्दा समेत पाप नमान्ने  पितृसत्तात्मक हाम्रो समाजमा धर्मशास्त्रको हवाला दिएर छोरा र छोरी बिचमा गरिने र भईरहेको भेदभावलाई चुनौती दिदै समाज र धर्मग्रन्थमा सुधार ल्याउन  रक्षाले उठाएको यस कदम कुनै क्रान्ति भन्दा कम छैन  l

आफ्नै मावलीमा एउटा छोरा पाउनका लागि अठार सन्तान जन्माएको उनकै अगाडी उदाहरण छदैछ l त्यसको बिपरित उनी अहिले छोरा सरह आमाबाबुको क्रिया गर्दै छिन् l हाम्रो समाजमा एउटा उदाहरणीय बन्न पुगेको यस घट्नाले सदियौंदेखि रहेको अन्धविश्वासका र विभेदपूर्ण कर्मकाण्डीय मूल्यमान्यतालाई ठाडो चुनौती प्रस्तुत गरिदिएको छ l

यिनै एक समाज सुधारक कार्य गर्ने सहासी एवं उदाहरणीय पात्र रक्षा केसी संग आस्था न्युजले लिएको बिशेष हेर्नैपर्ने भिडियो  अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ l कृपया यसलाई हेरेर आफ्नो अमुल्य प्रत्रिकृया दिनुहोला l