मौंसमः विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

भाद्र ३१,२०७७

-

भदौं ३१,२०७७ काठमाडौं ।
 
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 
 
महाशाखाका अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेको छ । 
 
न्यून चापीय रेखाका कारण हाल हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश,  गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । यता, प्रदेश १ र गण्डकी प्रदेश का एक÷दुई स्थानमा भारी वर्षा भएको छ।
 
यसैगरी, बुधबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
 
यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
 
यता, प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा राति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।