२४ घण्टामा १५ सय ३९ जनामा कोरोना पुष्टि, ३७९ जनाको मृत्यु

४ दिन अगाडि



भदौ ३१,२०७७ काठमाडौं ।
 
पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
 
देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
 
उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।