प्रधानमन्त्री ओलीद्धारा मोदीलाई ७० औं जन्मदिनको शुभकामना

आश्विन ०१,२०७७

-

असोज १,२०७७ काठमाडौं ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् ।
 
मोदीको आज ७० औं जन्मदिन हो । उनको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् शुभकामना दिएका हुन् ।
 
समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’
 
हिन्दुस्तान टाइम्सका अनुसार मोदीको जन्मदिनको अवसरमा भारतीय जनता पार्टी (भाजपा) ‘सेवा सप्ताह’ अभियान सुरु गरेको छ ।
 
यस अभियानमा वृक्षरोपण, कोरोना संक्रमितको उपचार हुने अस्पतालहरुमा फलफूल वितरण, औषधि उपकरण वितरणलगायतका कार्यक्रम गरिने भाजपाले जनाएको छ ।
 
भाजपाले मोदीको जन्मदिन यस्तै सेवामुलक कार्यक्रम गरेर एक हप्तासम्म मनाउन जिल्ला जिल्ला समितिहरुलाई परिपत्र गरेको छ ।