युरोपेली देशमा कोरोना संक्रमण थप बढ्दै गएपछि चिन्ता ब्यक्त

आश्विन ०२,२०७७

-

असोज २,२०७७ काठमाडौं ।
युरोपेली देशमा कोरोना भाइरसको जोखिम थप बढ्न थालेको छ । २ हप्ताको तथ्यांक हेर्दा युरोपेली देशमा संक्रमित हुनेको संख्या दोब्बर भएको छ ।
 
अझै जोखिम बढ्न सक्ने अनुमान गर्दै सचेत रहन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सचेत गराएको छ ।
 
संगठनका क्षेत्रीय निर्देशक ह्यांस् लुगेले गएको दुई हप्तामा युरोपेली देशमा कोरोनो भाइरसको संक्रमण दोब्बरले बढेको बताए । उनले युरोपेली देशका लागि कठिन घडी आएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
 
दुई हप्तामा युरोपमा कारोना भाइरसका ३ लाख नयाँ सङ्क्रमित भेटिएको उनले बताए ।
 
यस्तै, विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ३ लाख ४० हजार नाघेको छ । यसमध्ये दुई करोड २० लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ९ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।