कोरोना संक्रमणबाट थप ११ को मृत्यू, नेपालमा कोरोनाबाट मर्ने ४०१ पुगे

आश्विन ०३,२०७७

-

असोज ३, २०७७ काठमाडौं ।
 
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।
 
यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । शुक्रबार मोरङ र काठमाडौँका २र२, ललितपुर, भक्तपुर र नवलपरासीका १र१ जनाले ज्यान गुमाएका थिए । बिहीबार कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
 
त्यसैगरी गत मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो भने सोमबार एकैदिन १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।
 
मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए । गत शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो ।