इन्फिनिक्सले ल्यायो नयाँ नोट ७ सिरिज बजारमा

आश्विन ०५,२०७७

-

असोज ५,२०७७ काठमाडौं ।
इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ । 
 
यसैलाई मध्यनजर गर्दै अझ विविध विशेषता सहितको नोट ७ को अको संस्करण (६ जिबी र १२८ जिबी) लाइ निकैनै प्रतिस्पर्धात्मक मुल्य रु २३,९०० मा बजारमा भित्राएको छ । इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले यस फोन Forest, Green र Bolivia Blue कलर सहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध रहेको जानकारी दिएको छ ।
 
लामो समयको प्रतिक्षा पश्चात् इन्फिनिक्सको नोट ७ अन्तत्बजारमा भित्रिएको छ । मोबाइल फोटोग्राफीमा आफ्नो छुट्टै इतिहास कायम गरिसकेको इन्फिनिक्सको यस फोनको प्रतिक्षाको मुख्य कारक पनि यस फोनको क्यामरा हो ।