मन्त्रिपरिषद् बैठक बस्दै, प्राधिकरणमा नियुक्तिको विषयमा निर्णय हुन सक्ने

आश्विन ०६,२०७७

-

असोज ६, २०७७ काठमाडौं ।
मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान साढे ९ बजे डाकेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप गर्ने लगायतका विषय छलफलमा छन् ।
 
सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीकै अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको म्याद एक वर्षले थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।
 
निर्देशक समितिको उक्त सिफारिसलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्ने तयारी छ ।
 
यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति तथा विभिन्न देशमा रिक्त राजदूत सिफारिसका विषयमा पनि निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।