दशै आउदै गर्दा सुनको मूल्य स्वाट्टै घट्यो

आश्विन ०६,२०७७

-

असोज ६, २०७७ काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ । सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । 
 
महासंघका अनुसार तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको छ । 
 
यस्तै चाँदीको मूल्य पनि घटेको छ।  सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२३० रुपैयाँमा कारोबार भएको हो ।