थप ११७२ जनामा कोरोना पुष्टि, संक्रमणमुक्त दर ७३.७ प्रतिशत

आश्विन ०७,२०७७

-

असोज ७, २०७७ काठमाडौं ।
नेपालमा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
योसँगै नेपालमा संक्रमितको संख्‍या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार ८९३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ४९ हजार ९५४ पुगेको छ ।
 
अहिलेसम्म १७ हजार ४१४ जनामा सक्रिय संक्रमण छ । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४३६ जनाले कोरोनाकै कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै जानकारी दिएको छ ।
 
अहिलेसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
 
आजको तथ्यांक अनुसार १७ हजार ४१४ जना आइसोलेसनमा छन् भने ७ हजार १०४ जना क्वारेन्टिनमा छन् ।