कोरोना भाइरसबाट थप १७ जनाको मृत्यु, नेपालमा मर्नेको संख्या ४५३ पुग्यो

आश्विन ०८,२०७७

-

असोज ८, २०७७ काठमाडौं ।
वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।
 
आज ४५७ संक्रमित निको भएका छन् भने १ हजार ४९७ जनामा संक्रमण देखिएको छ ।
 
यसअघि बुधाबार ७ जनाको मृत्यु भएको थियो । १ हजार १७२ नयाँ संक्रमित थपिएका थिए । १ हजार ८९३ जनाले कोरोना जितेका थिए ।
 
बुधबारसम्म नेपालमा संक्रमित संख्या ६७ हजार ८०४ पुगेको थियो भने मृतकको संख्या ४३६ पुगेको थियो ।