नेपालमा कोरोना जित्नेको संख्या ५० हजार नाघ्यो

आश्विन ०८,२०७७

-

असोज ८, २०७७ काठमाडौं ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण जित्नेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ४ सय ५७ जनाले कोरोना जितेका छन्। 
 
योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५० हजार ४११ पुगेको हो । मन्त्रालयका अनुसार यो निको हुनेको संख्या ७२ दशमलव ७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ। 
 
पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म नेपालमा पीसीआर परीक्षणको संख्या ९ लाख ५५ हजार ९२३ पुगेको छ । 
 
अहिले देशभर १८ हजार ४३७ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेशनमा हुनेको संख्या ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ रहेका छन् । 
 
क्वारेन्टाइनमा अहिले ६ हजार ५६५ जना रहेका छन्। २२३ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २८ जनालाई भेन्टिलेटरमा राखिएको छ ।