शुक्रबार तीन भगवानका ब्रत पूजा, यो दिन सेतो कपडा लगाउनु उत्तम

आश्विन ०९,२०७७

-

असोज ९, २०७७ काठमाडौं ।
हिन्दु धर्मशास्त्रअनुसार शुक्रबार तीन किसिमको ब्रत तथा पूजा गर्ने चलन छ । सबैभन्दा चम्किलो ग्रह शुक्र हो ।
 
शुक्रबार हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् ।
 
साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।
 
व्रत विधि भने अलग-अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ ।
 
शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।
 
शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ ।
 
सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।
 
शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्छ भन्ने मान्यता छ ।
 
रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ ।
 
शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । यस वस्तुहरुको दान शुक्रबारको दिन सन्ध्या कालमा कुनै युवतीलाई दिनु उत्तम हुन्छ ।
 
शुक्रबारको दिन शुक्र ग्रहको पूजा गरे प्रेम र धन प्राप्त हुन्छ । ग्रहहरुमा शुक्र ग्रहलाई प्रेमको प्रतीक मानिन्छ ।