अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग गर्दै वीरगन्जमा प्रदर्शन

आश्विन ०९,२०७७

-

असोज ९,२०७७ काठमाडौं ।
स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै आमरण अनशनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीको माग र उनको जीवन रक्षाको माग गर्दै वीरगन्जमा प्रदर्शन गरिएको छ । केसीका समर्थकहरुले वीरगन्जको घण्टाघर चोकमा प्ले कार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
 
डाक्टर गोविन्द केसी सर्मथक वीरगन्ज नामक समुहको अगुवाइमा केसीका समर्थकहरुले डाक्टर केसीको माग पुरा गर, डाक्टर केसीको जीवन रक्षा, डाक्टर केसीको अनशन मेडिकल माफीयालाइ टेन्सन, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डाक्टर केसीको साथमा जस्ता नारा पनि लगाएका थिए । 
 
उनीहरुले काठमाडौंमा डाक्टर केसीमाथि सुरक्षाकर्मीले गरेको अभद्र व्यवहारको वीरोध पनि गरेका थिए । जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाएर अनशनमा बसेका केसीको माग सम्बोधनमा सरकारले चासो नदेखाएकाले प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले बताए ।