प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन

आश्विन ०९,२०७७

-

असोज ९,२०७७ काठमाडौं ।
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् । आज कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो । साँघु साप्ताहिकका प्रकाशक/सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा ४ बर्षका लागि सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् ।