नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, शुक्रबार १३ सय १३ थपिए

आश्विन ०९,२०७७

-

असोज ९,२०७७ काठमाडौं ।
 
पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
 
यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
 
उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।