नेपालमा कोरोनामुक्त भइ घर फर्किनेको संख्या ५० हजार नाग्यो

आश्विन ०९,२०७७

-

असोज ९,२०७७ काठमाडौं ।
 
नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १४५५ रहेको छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।
 
मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ६८ हजार १८५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार २६२ पीसीआर परीक्षण भएका छन् ।
 
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ४६४ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १८ हजार २८९ जना रहेको छ ।