आजदेखि मौसममा सुधार आउने, देशभरको मौसम सफा रहने

आश्विन १०,२०७७

-

असोज १०,२०७७ काठमाडौं ।
 
केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् ।
 
बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
 
भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो ।
 
मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने बताएका छन् ।
 
मौसमविदहरुका अनुसार आज भने देशभर मौसम खुल्नेछ ।
 
हाल भारतको विहारमा न्युनचापीय क्षेत्र रहेको छ र यो न्युनचापीय क्षेत्र उत्तर-पुर्वतर्फ सरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
 
आज कर्णाली प्रदेश, सुदुर(पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।