मैत्रीपूर्ण फुटबल खेलमा युक्रेनमाथि फ्रान्सको शानदार जित

आश्विन २२,२०७७

-

असोज २२,२०७७ काठमाडौं ।
 
मैत्रीपूर्ण फुटबलमा विश्व विजेता फ्रान्सले युक्रेनमाथि शानदार जित हात पारेको छ ।
 
बुधबार राति घरेलु मैदानमा भएको खेलमा फरवार्ड ओलिभर जिराउड सर्वाधिक दोस्रो गोलकर्ता बनेको खेलमा फ्रान्सले युक्रेनविरुद्ध ७-१ को फराकिलो जित निकाल्यो ।
 
चेल्सी स्टार जिराउडले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले फ्रान्सका लागि सय खेल खेल्दै ४२ गोल पूरा गरे । उनी थिएरी हेनरी भन्दा ९ गोलले पछि छन् ।
 
युवा खेलाडी एडुआर्डो कामाभिङ्गाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनी फ्रान्सबाट गोल गर्ने सर्वाधिक कम उमेरका दोस्रो खेलाडी बने ।
 
यस्तै, कोरेन्टिन टोलिसो, केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यानले समेत फ्रान्सको जितमा एकरएक गोल गरे । फ्रान्सविरूद्धको एक गोल भने आत्मघाती भएको थियो ।