कोरोना तीव्र गतिमा फैलन थालेपछि स्पेनमा १५ दिनको आपतकाल घोषणा

आश्विन २४,२०७७

-

असोज २४,२०७७ काठमाडौं ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्पेनमा फेरि प्रतिबन्ध लगाउन थालिएको छ ।
 
संक्रमण बढेपछि राजधानी मड्रिडमा १५ दिनको आपतकाल घोषणा गरिएको छ ।
 
एक हप्ता अघि लगाइएको आंशिक लकडाउन हटाइएपछि सरकारले आपतकालीन अवस्था लागु गरेको हो ।
 
मड्रिडमा आपतकालीन अवस्था लागु गर्नका लागि सात हजार भन्दा बढी प्रहरी परिचालन हुनेछन् ।
 
मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागु गर्न नचाहेपछि केन्द्र सरकारले आपतकाल लागु गरेको हो ।
 
महामारीको पहिलो लहरमा नियन्त्रण गर्न सफल भएको स्पेनमा अहिले महामारीको दोस्रो लहर सुरु भएको छ।
 
पछिल्लो २४ घण्टामा स्पनेमा ५ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै स्पेनमा कोरोना संक्रमितको संख्या ८ लाख ९० हजार ३६७ पुगेको छ ।