सरकार र केसी पक्षबीच ८बुँदे सहमति, केसीले आज अनसन तोड्दै

आश्विन २५,२०७७

-

असोज २५, २०७७ काठमाडौं ।
 
सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।
 
चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा। केसीबीच २०७५ साउन १०लाई पनि राख्ने लगायतमा सहमति भएको उल्लेख छ ।
 
डा। केसीले भोलि आइतबार विहान ९ः३० बजे अनसन तोड्नेछन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।