संक्रमित बढेपछि असन-इन्द्रचोकमा कडाइ गर्दै महानगरपालिका

आश्विन २५,२०७७

-

असोज २५,२०७७ काठमाडौं ।
कोरोना संक्रमण अनुगमन प्रक्रियाका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी र स्वयंसेवकको टोली तयार बनाएका छन् । सरकारले कोरोना संक्रमित व्यक्ति जथाभावी बाहिर निस्के ६ महिना कैद गर्ने निर्णय गरेसँगै त्यसलाई कडाइ गर्न स्थानीय तह र प्रशासनलाई निर्देशन दिएअनुसार टोली तयार भएको हो ।
 
कोरोना संक्रमितसंख्या झन्डै १३ हजार नाघेको काठमाडौं र ३ हजारको हाराहारीमा पुगेको ललितपुर महानगरपालिकाले संक्रमितको पहिचान गर्ने र कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर गरी आइसोलेसनमा राख्न अनुगमन समिति बनाएको हो ।
 
काठमाडौं महानगरपालिका जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरले महानगरको २२ गतेको बोर्डको बैठकले अनुमगन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
 
बैठकले विशेष गरी होम आइसोलेसनमा बसेका सबैको अवस्थाबारे जानकारी लिने, चिकित्सकको समन्वय नगरी बाहिर हिँडे÷नहिँडेको अनुगमन गर्ने र उनीहरुको अवस्थाबारे जानकारी लिने गरी वडाध्यक्षको संयोजकत्वमा समिति बनाइएको छ । साथै सामुदायिक विद्यालयका शिक्षकलाई समेत अनुगमनमा खटाइने निर्णय गरेको छ ।
 
अनुगमन प्रभावकारी नभएको कारण संक्रमितहरुले राजधानीमा संक्रमण बढाएको आकलन गर्दै सरकारले त्यसलाई कडाइ गर्न निर्देशन दिएलगत्तै कामपाको बोर्डको बैठकले वडाध्यक्षको नेतृत्वमा समिति गठन गरेको हो ।
 
कामपा जनस्वाथ्य विभाग प्रमुख कँुवरले चाडवाडको समयमा संक्रमणको संख्या बढ्न नदिन नयाँ योजना अघि बढाएको जानकारी दिनुभयो । ललितपुर महानगरपालिकाका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले अनुगमनलाई कडाइ गर्न थप स्वास्थ्यकर्मी र स्वयंसेवकको संख्या थप गर्न लागेको जानकारी दिनुभयो । आजको नेपाल समाचारपत्रमा खर छ ।