अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकीलाई प्रदान गरिने

आश्विन २६,२०७७

-

असोज २६,२०७७ काठमाडौं ।
 यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ ।
 
सोमबार द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो ।
 
उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार प्रदान गरिएको हो । अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।
 
सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भएसँगै यस वर्षको लागि सबै विधाको नोबेल पुरस्कार घोषणा भएको छ । यस वर्षको नोबेल पुरस्कार पाउनेमा सात पुरुष, चार महिला र एउटा संस्था छन् ।