आईपीएलः कोलकाताविरुद्ध बैंग्लुरुको शानदार जीत

आश्विन २७,२०७७

-

असोज २७,२०७७ काठमाडौं ।
आईपीएलको १३ औँ सिजनको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले कोलकाता नाइट राइडर्सलाई ८२ रनको विशाल अन्तरले पराजित गरको छ । रनको हिसाबले कोलकाताविरुद्ध बैंग्लुरुको सबैभन्दा ठूलो जीत हो । जीतसँगै बैंग्लुरु अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
 
बैंगुरुले पहिलो ब्याटिङ गर्दै १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा कोलकाताले ९ विकेटको क्षतिमा ११२ रन मात्र बनाउन सक्यो । कप्तान दिनेश कार्तिकसमेत टीमका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रनसमेत बनाउन सकेनन् ।
 
कोलकाताका लागि शुभमन गिलले ३४ तथा राहुल त्रिपाठी र आन्द्रे रसलले १६-१६ रनको योगदान दिए । बैंग्लुरुका लागि वासिंगटन सुन्दर र क्रिस मोरिसले २-२ विकेट लिए ।
 
यसअघि टस जितेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले २ विकेटको क्षतिमा १९२ रन बनायो । खेलमा नायक बनेका एबी डिभेलियर्सले ३३ बलमा ६ छक्का र ५ चौका हिर्काउँलै सर्वाधिक ७३ रन बनाए । विराट कोहलीले २८ बलमा ३३ रन बनाए । दुई जना मिलेर अन्तिम ५ ओभरमा ८३ रन जोडेका थिए ।
 
योसँगै आईपीएलमा दुई जना मिलेर आईपीएलमा ३ हजारभन्दा बढी रन जोड्न सफल भएका छन् ।यो खेलमा तेस्रो विकेटका लागि उनीहरुले ४७ बलमा १ सय रनको पार्टनरशीप गरे ।
 
बैंग्लुरुका लागि एरोन फिन्चले ४७ तथा देवदत्त पडिक्कले ३२ रन बनाए ।