अब देशभरिकै मौसम सफा हुँदै जाने

आश्विन ३०,२०७७

-

असोज ३०,२०७७ काठमाडौं ।
आज देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।
 
पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले देशभरिकै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती  प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।
 
प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने फाट्टफुट्ट पानी पनि पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।