पछिल्लो २४ घण्टामा २१ संक्रमितको मृत्यु, मर्नेको संख्या ७१५ पुग्यो

आश्विन ३०,२०७७

-

असोज ३०,२०७७ काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
 
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।
 
त्यस्तै,पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ ।