नेपालबाट यस वर्षको मनसुन बाहिरियो

कार्तिक ०१,२०७७

-

कात्तिक १,२०७७ काठमाडौं ।
यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ ।
 
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १) नै बहिर्गमन भएको थियो । शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर जनाएको छ ।
 
नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् ।
 
गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।