गुणस्तरहीन खाद्य वस्तु बहिष्कार गर्न आव्हान

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
मिति गुज्रेका र अखाद्य वस्तु बजारमा ल्याउने कालोबजारियामाथि सरकारले सशक्त कारबाही नचलाएका कारण नागरिक समाज संगठित बनेर गुणस्तरहीन अखाद्य वस्तु बहिष्कार गरौं भन्दै सार्वजनिक भएको छ ।
 
संविधानमै उपभोक्ताको हक र अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा भने लागू हुन नसकेको भन्दै नागरिक समाजले यस्ता वस्तु उपभोग नगर्न आह्वान गरेको छ ।
 
सरकारले उपभोक्ताहरुको हक अधिकार सुनिश्चित गर्न धेरै निकाय खडा गरेको छ । तर ती नियामक निकायको भूमिका भने प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । नियामक निकायले निरन्तररुपमा बजार अनुगमन गर्नेभन्दा पनि चाडवाडको समयमा मात्र सक्रिय हुने गरेका छन् ।
 
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रजातान्त्रिक मुलुकमा उपभोक्ताको अधिकार सुनिश्चितता गरिए पनि व्यावहारिकरुपमा लागू हुन नसक्ने बताउनुभयो । नेपाल समाचारपत्रमा खबर छ ।