कांग्रेस सांसदलाई दशैं भत्ता फिर्ता गर्न सभापति देउवाको निर्देशन

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
 
कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।
 
‘यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन आएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बताएका छन् ।
 
फिर्ता गरिएको रकम सरकारलाई कोरोना नियन्त्रण र जनताको उपचारमा खर्च गर्न पनि नेपाली कांग्रेसले आग्रह गरेको छ ।
 
सरकारले पछिल्लो पटक पीसीआर परीक्षण आफैं गर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध गरेको छ । जनताको जिउधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ ।
 
कोभिड–१९ को परीक्षण तथा उपचार गर्ने जिम्मेवारी आम नागरिककै हो भनेर भन्नु पूर्णत गैरजिम्मेवार र जनताप्रति उत्तरदायी नभएको ठहर्ने पनि नेता खाँणले बताए ।
यसकारको यस्तो निर्णय फिर्ता गर्नपनि कांग्रेसले माग गरेको छ ।