दशैंमा संकटकाल र कर्फ्यु लाग्ने सूचना भ्रामकः गृह मन्त्रालय

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ ।
 
गृह प्रवक्ता सह-सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको हो ।
 
एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले भनेका छन् ।