नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) पूनर्गठनः नामावली सार्वजनिक

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) पूनर्गठन भएको छ । 
 
कपलेश्वर यादव (सुनसरी) को सभापतित्वमा गैरराजनीतिक उद्देश्य राखेर उक्त फोरम पूनर्गठन गरिएको आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । 
 
‘हिमाल, पहाड, तराई हामी सबै एक हौं’ भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त फोरमले तराई, मधेश, हिमाल, पहाडलाई एकताको सूत्रमा बाँधी समतामूलक समाजको निर्माण गर्ने मूल ध्येय भएको गैरराजनीतिक फोरमको रुपमा कायम राख्ने सभापति यादवले विश्वास व्यक्त गरे । 
 
उक्त फोरमले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रले भोगिरहेको विषम आर्थिक अवस्थासँगै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ भाइरसबाट आक्रान्त विश्वव्यापी चूनौतिलाई सुवर्ण अवसरको रुपमा लिन सकिन्छ भन्ने विश्वासका साथ राजनीतिक, सामाजिक, धार्मिक अनि आर्थिक क्रमभंगताबाट क्षतविक्षत समाजलाई वशुदेव कुटुमबकम भन्ने मूल मन्त्र लिएर जानुपर्ने आवश्यकत्ता राष्ट्रले खोजेको छ ।’
 
प्रजातन्त्र पुनस्र्थापना पछि राज्यको बागडोर सञ्चालन गरेको राजनीतिक पार्टी र नेताहरुको चरित्र जनचाहना विपरित नातावाद र कृपाबादमै पसिहेको पनि फोरमको दाबी छ । 
 
फोरमले अघि भनेको छ,‘यसैको परिणाम माओवादी शक्ति जनयुद्धको रुपमा उदायो । विविध किसिमका आरोह अवरोह पार गर्दै देशमा आमूल परिवर्तन, रोजगारमूलक शिक्षाको लागि नेपाल विद्यार्थी फोरमले २०६३÷०६४ को गणतान्त्रिक आन्दोलन, तराई, मधेश थारुहट आन्दोलनबाट समाजमा देखिएका विभेदको अन्त्यको लागि सचेततापूवृक खबरदारी गरिरहेको जानकारी गराउन चाहन्छौं ।’
 
पूनर्गठित कार्यसमितिको उपसभापतिमा अवुल हुसेन अन्सारी, कन्हैया ठाकुर, पारसनाथ चौधरी, सोगेन्द्र मण्डल, रामनाथ यादव, सामन्त राजवंशी, ज्ञानेन्द्र ईङ्नाम रहेका छन् । 
 
महामन्त्रीमा राजु पौडेल छन् । त्यस्तै, सहमहामन्त्रीमा ज्ञानेन्द्र ईङयान, बबिता यादव, शैलेन्द्र यादव, उर्मिला चौधरी, रामसागर यादव, नरेन्द्र डंगोल, दिम्बर जैसवाल, निलेश घिमिरे, गोताम नकर्मी, दिनेश यादव रहेका छन् । त्यस्तै, प्रवक्तामा योगेश जोशी र कोषाध्यक्षमा मञ्जु घिमिरे छन््। 
 
सचिवालयमा सागर मण्डल, संगीत नेपाली, सुजना खड्का, सुनिल नकर्मी, प्रमोद राजवंशी, धर्मेन्द्र यादव, दिपक चौधरी, अमन बिक्रम थापा, काजीमान तामाङ, दिप यादव, पुरुषोत्तम यादव, ब्रज यादव, रेनु महासेठ, बीरबल राना, लिला थापा, गंगा चौधरी, चिन्तामणि यादव, लोचन बोगटी, सुवास आङदम्बे, रिक्षी चौधरी, आकाश गुरुङ, मोजमील अन्सारी, समिम अन्सारी, हेमा यादव, विवेक मण्डल, प्रेम चौधरी, पुस्वेन्द्र यादव, छेबुलाल यादव, लिला थापा, गंगा यादव, अमृत कार्की, विषय विक्रम शाह, सुरेन्द्र उरौव, जय यादव, गौतम अर्याल, प्रदीप कुमार यादव, प्रतिक लामा, गनी गुरुङ, उपलब्ध भण्डारी, आंलब दुलाल, आशिष पौडेल, जितेन्द्र ठाकुर, राधा चौधरी, नरेन डंगोल, सुजन खड्का देवल छन् ।
 
त्यसैगरी कैशाल रावत, गोपाल खड्का, फिरोज खान, चन्देश्वर मेहेता, भुपेश सिंह, कुमार सिंह, खेमराज खड्का, सागर अधि, सुनिल भोहा, राजेन्द्र खड्का, राजन भण्डारी, सुरेन्द्र महतो, रिदयनाथ, जिवेश सापकोटा, हरिश जोशी, चन्द्रकान्त पनेरु, क्षत्र थापा, दिनेश कुमाल, सिमान्त पोखरेल, मुकेश थारु, विपुलराज भण्डारी, सन्दिप बस्नेत, राजकुमार मगर, आशिष कार्की, किरण चुडाल, प्रतिक कार्की, अजय कार्की, राजेश चुडाल, रुजन श्रेष्ठ, कृष्ण सुन्दर राजचल र सुवा रानाभाट छन् ।