आज गाई तिहार मनाईयो

कार्तिक ३०,२०७७

-

काठमाडौं । तिहारको आज चौथो दिन गाई र गोरुको पुजा गरिएको छ । हिन्दु धर्मालम्वीले मात्र नभई विज्ञानले पनि गाईलाई अन्य जनावर भन्दा उत्कृष्ट प्राणीमा व्याख्या गरेको छ ।
   
आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा उल्लेख छ ।
 
आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो खान दिने प्रचलन छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाईयो । त्यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आज गोवर्द्धन पहाडको प्रतिमा बनाएर गोवर्द्धन पूजासमेत गरिएको छ । 
 
तिहारअन्तर्गत शनिबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिएको थियो ।  तिहारको मुख्य दिन सोमबार भाइटीका मनाइँदै छ । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 
आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई ‘देउसी’ भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 म्ह पूजा (आत्म पूजा) भने कात्तिक ३० गते गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको मत छ । आइतबार बिहान ११ः२७ बजेसम्म औंसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्ह पूजा यसै दिन गर्नुपर्ने हुन्छ । 