विहारमा नितिशकुमार फेरि मुख्यमन्त्री, भारतमा सर्वाधिक मुख्यमन्त्रीको रेकर्ड

मंसिर ०२,२०७७

Nitish kumar

-

 
एजेन्सी । भारतको विहारमा ७ औं पटक मुख्यमन्त्री बन्न सफल भएका नितिशकुमार नेतृत्वको मन्त्रिमण्डलमा १४ जना नयाँ मन्त्री बनेका छन् । सोमबार सपथ लिएका नितिशकुमारले १४ जनालाई मन्त्री बनाएका छन् । त्यसमध्ये नितीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै रेणुदेवीले पनि मन्त्रीको सपथ लिएकी छन् । हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ । दुबै मन्त्री नितीशकुमार निकट मानिन्छन् ।
 
एउटा रोमाञ्चक पक्ष के छ भने नितिशकुमारको मन्त्रिमण्डलमा सबै मन्त्री करोडपति छन् । नयाँ मन्त्रीमण्डलमा सबैभन्दा धनी मन्त्री भारतीय जनता पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका रामसुरत राय रहेका छन् । उनको सम्पति २६.८८ करोड भारतीय रुपैयाँ बराबर रहेको जनाइएको छ । त्यस्तै सबैभन्दा कम सम्पति हुने मन्त्री भाजपाकै रामप्रित पासवान रहेका छन् । उनको सम्पति १.०५ करोड रहेको छ ।
 
नयाँ मन्त्रीमण्डलमा ताराकिशोरप्रसाद, रेणुदेवी, विजय चौधरी, बिजेन्द्रप्रसाद यादव, मेवालाल चौधरी, शीला मण्डल, अशोक चौधरी, सन्तोष सुमन माझी, मुकेश सहनी, मंगल पाण्डे, अमरेन्द्र प्रताप सिंह, डा.रामप्रित पासवान, जीवेश मिश्रा र रामसुरत राय परेका छन् ।
 
 
क्याविनेटका मन्त्रीहरुको औसत सम्पति ५.५६ करोड रुपैयाँ देखिएको छ । यो पटक विहारको मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको औसत उमेर ५८ वर्ष रहेको छ । सबैभन्दा बढी उमेरका मन्त्रीमा जनता दल युनाइटेबाट प्रतिनिधित्व गर्ने बिजेन्द्र यादव रहेका छन् । उनको उमेर ७४ वर्ष रहेको छ । त्यस्तै सबैभन्दा कम उमेरमै मन्त्री हुन सफल भएका मुकेश सहनी हुन् । उनी ४१ वर्षको उमेरमा मन्त्री भएका छन् । उनी सबैभन्दा कम पढेलेखेका मन्त्रीमा पनि पर्छन् । उनले जम्मा ८ कक्षा मात्र पास गरेका छन् ।
 
नितिशकुमारको नयाँ मन्त्रीमण्डलमा ७ जना मन्त्री ग्राजुयट गरेका छन् भने ४ मन्त्री पिएचडीवाला रहेका छन् । त्यस्तै ३ मन्त्रीले १२ पास गरेका छन् । नितिशसहित १५ मन्त्रीहरुमा सवर्ण समुदायका ५ जना रहेका छन् । पिछडा वर्गका ७ जना रहेका छन् भने दलित समुदायबाट ३ जनाले प्रतिनिधित्व गरेका छन् । १५ जनामध्ये ९ जना कुनै न कुनै आपराधिक घटनामा जोडिएका छन् ।
 
नयाँ मन्त्रीमण्डलमा ताराकिशोरप्रसाद, रेणुदेवी, विजय चौधरी, बिजेन्द्रप्रसाद यादव, मेवालाल चौधरी, शीला मण्डल, अशोक चौधरी, सन्तोष सुमन माझी, मुकेश सहनी, मंगल पाण्डे, अमरेन्द्र प्रताप सिंह, डा.रामप्रित पासवान, जीवेश मिश्रा र रामसुरत राय परेका छन् ।