फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता फेब्रुअरीमा हुने

मंसिर ०३,२०७७

-

मंसिर ३,२०७७ काठमाडौं ।
फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा हुने भएको छ ।
 
फिफाले क्लब विश्वकप २०२१ को फेब्रुअरीमा हुने जनाएको हो । कतारमा हुने क्लब विश्वकप फेब्रुअरी १ देखि ११ सम्म हुनेछ । यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो । तर, कोरोना भाइरसको कारण यस वर्षको क्लब विश्वकपपछि सरेको हो ।
 
गएको वर्ष इङ्ग्लिस क्लब लिभरपुलले उपाधि जितेको थियो । कतारले २०२२ को फिफा विश्वकप फुटबल समेत आयोजना गर्दैछ ।