इटाली र बेल्जीयम युरोपियन नेशन्स लिगको फाईनल चरणमा प्रवेश

मंसिर ०४,२०७७

-

मंसिर ४,२०७७ काठमाडौं ।
इटाली र बेल्जीयम युरोपियन नेशन्स लिग फुटबलको फाईनल चरणमा प्रवेश गरेका छन् ।
 
लिग ‘ए’ अन्तर्गत गएराति भएका खेलहरु जित्दै आ आफ्नो समूह विजेताको रुपमा यी दुई टोलीले फाइनल चरणमा ठाउँ बनाएका हुन् ।
 
अर्को वर्ष हुने फाइनल चरणमा इटाली र बेल्जियमसँगै फ्रान्स र स्पेनले प्रतिस्पर्धा गर्नेछन् । समूह एक को खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई २-० ले हरायो ।
 
यही समूहको अर्को खेलमा नेदरल्याण्ड्सले पोल्याण्डलाई २-१ ले हराएपनि फाइनल चरणमा पुग्न सकेन । समूहमा ६ खेलबाट इटालीको १२ अंक भयो भने नेदरल्याण्ड्सको ११ अंक मात्रै भयो ।
 
उता समूह दुईको खेलमा डेनमार्कलाई ४-२ ले हराउँदै बेल्जियम फाइनल चरणमा पुग्यो । आईसल्याण्डमाथि ४-० को जित निकालेको इंग्ल्याण्ड भने समूहमै रोकियो ।
 
यो समूहमा ६ खेलबाट बेल्जियमले १५ अंक जोड्दा डेनमार्क र इंग्ल्याण्डको १०-१० अंक रह्यो । यो समूहबाट आईसल्याण्ड तथा समूह एकबाट बोस्निया रेलिगेशनमा परे । एजेन्सी