गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट चलनचल्तीमा

मंसिर १०,२०७७

-

मंसिर १०,२०७७ काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट बुधबारदेखि चलनचल्तीमा आएको छ । रु ५ को साविककै आकार र रङमा संकेत नम्बर थ/३४ ०००००१ देखि  नं. ५४, ९९९९९९ सम्मको नयाँ नोट राष्ट्र बैंकले बजारमा पठाएको छ । 
 
यस्तै रु १० को नोट पनि साविककै आकार र रङमा आएको छ । १० रुपैयाँको संकेत नम्बर ढ/८२ ०००००१ देखि  द/४५ ९९९९९९ सम्म को नोट आजैबाट चलनचल्तीमा आएको हो । दुबै दरको नोटमा गर्भनर अधिकारीको हस्ताक्षर रहेको छ ।  यी नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नं. नेपालीमा वि.सं. २०७६ लेखिएको छ । 
 
दुबै नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यस्तै पछिल्लो भागमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक बैंक’ लेखिएको छ । पाँच रुपैयाँ नोटको पछाडिको मध्यभागमा याक तथा हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमाल छ भने रुपैयाँ १० को नोटमा कृष्णसारको चित्र छ ।