नेप्से कारोबारको उकालो यात्रा कायमै

मंसिर ११,२०७७

-

मंसिर ११,२०७७ बाठमाडौं ।
नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकममले समेत नयाँ रेकर्ड राखेको हो ।
 
बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबै भन्दा धेरै हो । यस अघि २०७३ सालमा नेप्से परिसूचक १ हजार ८ सय ८१ सम्म पुगेको थियो ।
 
त्यसयता लगातार ओरालो लागेको बजार ४ वर्ष पछि पहिलेको रेकर्ड तोड्न सफल भएको हो । बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव ८५ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले समेत नयाँ रेकर्ड राखेको छ । बिहीबार दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ ।
 
यो हालसम्मकै उच्च कारोबार हो । यस अघि एकैदिन ६ अर्ब ११ करोडको कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । अब भने नयाँ रेकर्ड कायम भएको छ । यद्यपि, नेप्सेमा कारोबार हुने अधिकांश उपसमूहरु ओरालो लागेका छन् ।