कात्तिक महिनामा मात्रै ७ हजार बढिले लिए विदेश जान श्रम स्वीकृति

मंसिर १२,२०७७

-

मंसिर १२, २०७७ काठमाडौं ।
गएको कात्तिक महिनामा मात्रै वैदेशिक रोजगारीमा जानको लागि ७ हजार भन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएका छन् ।
 
कोरोना महामारीको बेला विदेशबाट फर्केका र स्वदेशमै बेरोजगार बसेकालाई समेत रोजगारी दिने भनेर सरकारले भनिरहँदा ७ हजार ७ सय ९७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । 
 
यो संख्या विश्वका विभिन्न ५३ देशमा जानको लागि श्रम लिएकाहरुको हो । जसमध्ये ६ हजार २ सय २४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने एक हजार पाँच  सय ८३ जनाले नयाँ श्रम स्वीकृति लिएका हुन् । 
 
वैदेशिक रोजगार कार्यालयका अनुसार सबैभन्दा बढी कतार जानको लागि तीनहजार ९०, साउदीको लागि दुई हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै यूएई जानको लागि एक हजार एक सय ७७ जनाले श्रम स्वीकृति लिएका छन् ।