जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

मंसिर १३,२०७७

-

मङ्सिर १३,२०७७ काठमाडौं।
 
जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका-७ पोखरामा चारको मृत्यु भएको छ ।
 
आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट-८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो । 
 
दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उहाँले जानकारी दिनुभयो । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् ।गोरखापत्र