क्रिकेटर सन्दीप लामिछानेलाई पनि कोरोना संक्रमण

मंसिर १३,२०७७

-

मङ्सिर १३,२०७७ काठमाडौं।
 
चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
 
सामाजिक सन्जालमा ट्वीट गर्दै लामिछानेले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ’ उनले लेखेका छन् ।
 
होम आइसोलेसनमा रहेका उनले स्वास्थ्यमा सुधार भइरहेको जनाएका छन् ।