काठमाडौँमा आज यो वर्षकै धेरै चिसो

मंसिर १३,२०७७

-

मङ्सिर १३,२०७७ काठमाडौं।
काठमाडौँमा आज यो वर्षकै धेरै जाडो भएको छ ।
 
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  शनिबार विहान काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको हो ।
 
यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो ।
 
राति देशभरीकै मौसम सफा भएकाले बिहान देशभर तापक्रम घटेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
 
उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ । तर, राति बादल लागे बिहानको तापक्रम बढ्छ ।
 
तापक्रम घटेकाले धेरै चिसो महसुस भएको उनले बताए ।