शनिबार एक हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि, थप १९ जनाको मृत्यु

मंसिर १३,२०७७

-

मंसिर १३,२०७७ काठमाडौं ।
 
मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
 
 
पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५४६ महिला र ८ सय ३४ पुरुष गरी १ हजार ३ सय ८० कोरोना संक्रमित थपिएका शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । २४ घण्टामा ९ हजार ३ सय ६८ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म १७ लाख १९ हजार ८ सय २८ पीसीआर परीक्षण भएका छन् ।
 
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय १५ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ ।
 
त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ५४ पुगेको छ ।