सातै प्रदेशमा सक्रिय सक्रमितको संख्या घट्दै

मंसिर १४,२०७७

-

मंसिर १४, २०७७ काठमाडौं ।
विगत १० दिनको अवधिमा नेपालका सातओटा प्रदेशमा सकृय संक्रमितको सख्या घटेको छ । सातओटा प्रदेशमा सकृय संक्रमितको सख्या ५० प्रतिशतभन्दा धेरैले घटेको हो ।
 
मंसिर २ गते प्रदेश नंम्बर १ मा सकृय संक्रमितको सख्या तीन हजार ४८१ जना रहेकोमा मंसिर ११ गते त्यो संख्या घटेर एक हजार ६६२ जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
 
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यसअघि नै मंसिर लागेसँगै कोरोना संक्रमणको दर कम हुने बताउनुभएको थियो । १० दिनमा कोरोना संक्रमणको दर हेर्ने हो भने प्रदेश १ मा  ५० प्रतिशतभन्दा धेरैले कमी आएको छ । 
 
प्रदेश नं १ मा मंसिर २ गते झापामा सकृय संक्रमित ७९५ जना रहेकोमा त्यो घटेर ५६६ जनामा आएको छ । मोरङमा एक हजार २९३ जना सृकय संक्रमितको सख्या घटेर ४३४ मा झरेको छ । 
 
यो जिल्ला कुनै समय कोरोनाको हटस्टपको रुपमा देखिएको थियो । त्यस्तै ९२३ जना सकृय संक्रमित रहेको सुनसरीमा १० दिनको बिचमा संख्या घटेर ३४० जनामा आएको छ ।
 
प्रदेश नं २ ले कोरोना संक्रमणलाई नियन्त्रण लिने प्रयासमा छ । कुनै समय नेपालकै सबैभन्दा धेरै सकृमित रहेको प्रदेशको यो प्रदेशमा मंसिर २ गते ७१९ सकृय संक्रमित रहेकोमा मंसिर ११ आइपुग्दा ३४३ जनामा झरेको छ । 
 
यो निक्कै राम्रो सन्देश रहेको सहप्रवक्ता डा.अधिकारीले बताउनुभयो । कोरोनाको हटस्पट बन्दै ठूलो समस्याको रुपमा देखिएको बागमती प्रदेशले पनि संकृय संक्रमितको संख्या घटाएको छ ।
 
मंसिर २ गतेसम्म यो प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवनमा सकृय संक्रमितको संख्या पाँच सयभन्दा माथि रहेकोमा मंसिर ११ गते संख्यामा कमी आएको छ ।
 
मंसिर २ र ११ गतेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तंथ्याङ्गलाई विश्लेषण गर्दा यो प्रदेशमा आठ हजार १५८ जना संक्रमित निको भएका छन् । यो प्रदेशको काठमाडौं,भक्तपुर र ललितपुरमा मात्रै सकृय संक्रमितको संख्या पाँच सयभन्दा धेरै छ ।
 
कुनै समय गण्डकी प्रदेशका केही जिल्ला बाहेक धेरै जिल्लामा संकृय संक्रमितहरुको संख्या ह्वात्तै बढेको थियो । तर मंसिर २ गते र मंसिर ११ गतेको बिचमा यो प्रदेशमा एक हजार ३९९ संक्रमितले कोरोनालाई परास्त गरेका छन् । 
 
यो प्रदेशमा मंसिर २ गते सकृय संक्रमितको सख्या तीन हजार २३ रहेकोमा अहिले त्यो संख्या घटेर एक हजार ६२४ जना सकृय संक्रमित छन् । यो प्रदेशमा कास्कीका मात्रै पाँच सयभन्दा धेरै सकृय संक्रमित छन् ।