एक दिवसीय भ्रमणका लागि चीनका रक्षामन्त्री आज नेपाल आउँदै

मंसिर १४,२०७७

-

मंसिर १४,२०७७ काठमाडौं ।
चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् ।
 
फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आउने भएका हुन् । 
 
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । 
 
त्यस्तै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । 
 
उनी आज साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ