आज देशभरको मौसम सामान्यतया सफा

मंसिर १४,२०७७

-

मंसिर १४,२०७७ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 
 
महाशाखाका अनुसार आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।    
 
महाशाखाले हाल देशभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । 
 
आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति  देशभर मौसम सामान्यतया सफा रहनेछ । 
 
यसैगरी, सोमबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहनेछ । 
 
यस्तै, मंगलबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।