सोमबारबाट उपत्यकामा कोरोनाको मास परीक्षणको तयारी

मंसिर १४,२०७७

-

मंसिर १४,२०७७ काठमाडौं ।
सरकारले काठमाडौँ उपत्यकामा कोरोनाको मास परीक्षणको तयारी थालेको छ । काठमाडौँ उपत्यकाका ‘हट स्पट’लाई लक्षित गरी मास परीक्षणको तयारी थालिएको हो ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट परीक्षण सुरु हुने भएको हो । यो अभियान अन्तर्गत काठमाडौँका मुख्य हटस्पट मानिएका क्षेत्रमा परीक्षण गरिनेछ ।
 
जसमा अहिले कोरोना संक्रमण धेरै देखिएका स्थानहरु कलंकी, बुढानिलकण्ठ, सोह्रखुटेलगायतका स्थान छन् ।
 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाशुदेव पाण्डेका अनुसार पछिल्लो समय संक्रमितहरु सरकारको सम्पर्कमा कम आउन थालेपछि यो टेस्टलाइ प्राथमिकता दिइएको हो ।