नुवाकोटमा उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि दुर्घटना

मंसिर १४,२०७७

-

मंसिर १४,२०७७ काठमाडौं ।
नुवाकोटमा हेलिकोप्टर दुर्घटना भएको छ । बागलुङको गलकोटबाट काठमाडौँ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ ।
 
उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका-३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए।
 
उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा दुर्घटनामा परेको उनले बताए । भण्डारी पनि हेलिकोप्टरमै सवार थिए ।
 
दुर्घटनामा परेको हेलिकोप्टरमा पाइलटसहित ६ जना रहेको र सबै सुरक्षित रहेको उनले बताए ।
 
केहीलाई सामान्य चोट लागेको र हेलिकोप्टरको अगाडिको सिसा फुटेको उनले बताए ।