आइतबार १२ सय ५५ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित घटेका हुन कि परिक्षण कम ?

मंसिर १४,२०७७

-

मंसिर १४,२०७७ काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार९७८ पुगेको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।
यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ रहेको थियो ।
 
पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १२ हजार ५९० पुगेको छ ।
 
उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
 
यसअघि शनिबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार ८१८६ रहेको थियो ।
 
नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
 
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।