सुन तोलाको ९० हजार रुपैयाँमा कारोबार

मंसिर १५,२०७७

-

मंसिर १५,२०७७ काठमाडौं ।
नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । आइतबारको तुलनमा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले  घटेको छ ।
 
आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ सोमबार भने ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 
त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार भने तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
आइतबारको तुलनामा सोमबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार १ सय २० रुपैयाँमा झरेको छ ।
 
यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।
 
नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।