राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको तरलता उठाउँदै

मंसिर १७,२०७७

-

मंसिर १७, २०७७ काठमाडौं ।
बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ ।
 
बैंक तथा वित्तीय संस्था यतिबेला एक खर्ब ८६ अर्ब रुपैयाँ हाराहारीमा अधिक तरलता रहेको छ । अधिक तरलता भएपछि राष्ट्र बैंकले २८ दिनका लागि बैंकहरुबाट ५० अर्ब तरलता उठाउन लागेको हो ।
 
बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।
 
पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आहृवान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।
 
केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ ।
 
बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेखछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
 
निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँट गरिनेछ ।
 
निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ ।
 
केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो । बैंकले सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्नेछ ।
 
बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम ९तरलता० अभाव भएमा पठाउने र तरलता धेरै भएमा केन्द्रीय बैंकले उठाउने गरेको छ